राजनीति
राप्रपाको चुनावी सभामा मनिषा कोइरालाको सम्बोधन
०

कार्तिक कास्की २५-
अभिनेत्री मनिषा कोइरालाले राप्रपा पार्टी इमान्दार पार्टी भएकाले भोट दिन आग्रह गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको पोखरा पृथ्वीचोकमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दे इमान्दार पार्टी राप्रपा भएकाले भोट दिन उहाँले आग्रह गर्नुभएको हो ।
नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाकी नातिनी मनिषाले राजेन्द्र लिङ्देनले नेतृत्व गरेको पार्टी मन परेकाले आफूले पनि साथ दिएको बताउनुभयो। राप्रपाले बीपी विचारलाई पछ्याएको बताउँदै भन्नुभयो, ‘मैले राजेन्द्र लिङ्देनको भाषण सुनिरहेको छु । मलाई उहाँको भाषण निकै घत लाग्दछ । जब नेताहरु गाउँ पुग्छन्, गाउँमा चोर आयो भन्छ भन्ने शब्द मलाई साह्रै मन पर्यो ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























