Breaking News
गणेशमान सिंहको राजनीतिक उत्तराधिकारी मै हुँः रवीन्द्र मिश्र
०

काठमाडौं,कात्तिक २५-
राप्रपाका नेता रवीन्द्र मिश्रले नेपाली कांग्रेसको अहिलको बाटो ठिक नभएको टिप्पणी गरेका छन् । वसन्तपुरमा आयोजित सभामा उनले आफू गणेशमान सिंहको राजनीतिक उत्तराधिकारी भएको समेत दाबी गरे ।
“गणेशमान सिंह, विपी र कृष्णप्रसाद भट्टराईले लिएको बाटो ठिक थियो, अहिले कांग्रेसको नीति ठिक छैन । प्रकाशमान सिंहले जसरी राजनीति गर्नुभयो । उहाँ गणेशमानजीको उत्तराधिकारी हो । तर, गणेशमानको राजनीतिक उत्तराधिकारी म हुँ । किनभने कांग्रेसले त्यो बेला गणेशमानले बोकेको एजेन्डा मैले पहिलेबाटै प्रशंसा गरेको हो,” उनले भने । काठमाडौं १ बाट प्रतिनिधिसभा सदस्य उमेदवार बनेका मिश्रले कांग्रेसका नेता प्रकाशमान सिंहले जितेर केही गर्न नसकेको आरोप लगाए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























