Breaking News
कांग्रेस र माओवादी मिल्दा गोरखाको विकास र समृद्धिले गति लिन्छः प्रचण्ड
०

गोरखा, कात्तिक २५-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिल्दा विकास निर्माण र समृद्धिले गति लिने बताउनु भएको छ । आज बिहान गोरखामा भएको चुनावी कोण सभामा बोल्दै उहाँले विगतमा आमनेसामने र प्रतिस्पर्धामा उत्रिएका कांग्रेस र माओवादी अहिले एकै गठबन्धनमा रहेका छौँ जस्को कारण समृद्धिले गति लिन्छ।
प्रचण्डले चुनावी सभाहरूमा सडक कालोपत्र गर्ने कुरा मुख्य देखिएको बताउनु भयो। ‘धुलो बाटोलाई पिच गर्ने पहिलो प्राथमिकता हो,’ उहाँले भन्नु भयो, ‘पहाडमा सडक कस्तो हुनुपर्छ भन्ने देशभरि देखाउन यहाँका बाटा पिच गरिन्छ।’ प्रचण्ड गोरखा २ मा प्रतिनिधि सभातर्फ सत्ता गठबन्धनबाट साझा उम्मेदवार छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























