मनोरञ्जन

‘सेल्फी विथ केपी बा’ फन पार्कमा ओलीको चार घण्टा

Banner

झापा, कात्तिक २५–
नेकपा एमालेका अध्यक्ष केपी ओलीले अन्य उमेदवार वा दलले भन्दा फरक किसिमले चुनावको प्रचार गरिरहेका छन् । बुधबार पनि दमकस्थित ‘सेल्फी विथ केपी बा’ फन पार्कमा पुगेर उनले फरक किसिमले चुनावको प्रचार गरे ।

ओलीसँग सेल्फी खिच्न बालबालिका र युवादेखि ज्येष्ठ नागरिकसमेत आफ्नो मोबाइलको क्यामरा पुछ्दै ओली भएको ठाउँमा पुगेका थिए । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली झापा क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् । ओलीको चुनाव प्रचार शैली भने आधुनिक र फरक देखिने गरेको छ ।

उनीसँग मतदातालाई नजिक ल्याउन नयाँ र फरक शैली अपनाइयो जसले धेरैलाई आकर्षित बनाएर दमक फनपार्कमा ल्याएको थियो। ओलीले बुधबार दिउँसो २ बजे फनपार्कमा आएर करिब चार घण्टासम्म ‘सेल्फी विथ केपी बा’ कार्यक्रम राखिएको थियो।

ओली दिउँसो साढे चार बजेमात्र फनपार्क पुगे। फनपार्कमा उनीसँग सेल्फी खिचाउनको भीड थामिनसक्नुको भइसकेको थियो। श्रीमती राधिका शाक्यसहित मुसुक्क मुस्कुराउँदै जब ओली गाडीबाट निस्केपछि सबैले मोबाइलको क्यामरा तेस्र्याएर फोटो खिच्ने कार्यक्रम सुरु भयो। ओलीले सबैसँग एकल तथा सामूहिक सेल्फीमा करिब चार घण्टा बिताएका थिए। सबैसँग मसुक्क मुस्कुराउँदै र मतदाताको आग्रहअनुसारको हाउभाउमा उनलेले फोटो खिचाएका थिए।

“नयाँ र युवा मतदाताका लागि लक्षित कार्यक्रम भए पनि सबै उमेर समूहको उत्साहजनक उपस्थिति रह्यो,” निर्वाचन परिचालन समिति झापा क्षेत्र नं। ५ का संयोजक देवेन्द्र दाहालले भने। धेरैलाई ओलीसँग प्रत्यक्ष भेट्न र फोटो खिचाउन रहर भएको पाएपछि यो कार्यक्रम राखिएको दाहालले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>