स्वास्थ्य
हिमानी शाहको टन्सिलको अपरेशन सफल
०

काठमाडौं, कात्तिक २४-
घाँटीमा समस्या देखिएर अस्पताल भर्ना भएकी पूर्वयुवराज्ञी हिमानी शाहको टन्सिलको अपरेशन गरिएको छ।
ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा बिहीबार बिहान शाहको टन्सिलको अपरेशन सफल भएको अस्पताल स्रोतले जनाएको छ। घाँटीमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना गरिएको हिमानीका शोकीय सचिव सागर तिमिल्सिनाले बताए ।
उनका अनुसार हाल उनलाई भीआइपी कक्षमा राखिएको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























