Breaking News
भोट दिने विषय छोरीको हात दिनेभन्दा ठुलो हो: राजेन्द्र लिङ्देन

काठमाडौं, कात्तिक २४-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी मंसिर ४ को निर्वाचनलाई सीमित राजनीतिक दलको चक्रब्युबाट देशलाई मुक्त गराउने अवसरको रुपमा लिनुपर्ने बताउनुभएको छ।
मेलम्चीमा आयोजित राप्रपाको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देश र जनताका भविष्य बनाउने भएकाले मंसिर ४ को निर्वाचनलाई गम्भिर रुपमा लिन आग्रह गर्नुभएको छ।
उनले भने, ‘भोट दिने भन्ने कुरा छोरी दिने कुराभन्दा ठुलो कुरा हो। तपाईंले छोरी दिनेकुरा हजारचोटी सोच्नुहुन्छ। केटाको बारेमा अनेक लगाएर खोज्नुहुन्छ। सोचेर बुझेर दिएको छोरीपनि कहिलेकाहिँ लफङ्गाको हातमा पर्छ। त्यो निर्णयले तपाईंको एउटा छोरीले मात्रै दुख पाउछ। तर, तपाईंले दिएको एउटा गलत पार्टी र नेतालाई परेमा पुरै देश र जनताले दुख पाउँछन्।’
तीन दशकदेखि बहुदलीय व्यवस्था आएपछि तीनै पार्टी र नेताहरुको बन्दकमा देश परेको आरोप लगाउनुभयो। अहिले पनि पुरानै अनुहार अघि आएको बताउनुभयो ।
कांग्रेस र कम्युनिष्ट पार्टीले देश अरबियनको नोकर उत्पादन थलो बनाएको टिप्पणी गरे। तीन दशक अर्थात् एउटा युग कांग्रेस र कम्युनिष्टले खेर फालेको टिप्पणी गर्नुभयोे।


























