चितवन विशेष

सुख दुखमा सधैं जनताको साथमा रहेँ,कहिल्यै टाढा बनिनः देवी ज्ञवाली

Banner

चितवन,कात्तिक २३-

चितवन क्षेत्र नम्वर २ (ख) बाट प्रदेशसभा सदस्यका उम्मेदवार बनेका एमाले पोलिटव्यूरो सदस्य देवी ज्ञवालीले स्थानीय आवश्यकताका आधारमा विकास गर्न एमाले उम्मेदवार सक्षम रहेको बताउनुभएको छ । आज (बुधबार) भरतपुर १२ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेता ज्ञवालीले एमाले उम्मेदवार सांसद हुन मात्र नभइ देश र जनताका पक्षमा काम गर्न हिडेको बताउनुभयो । उहाँले आफू संधै चितवनका जनताको सुख दुखमा साथमा रहेको भन्दै जनताबाट कहिल्यै टाढा नबनेको बताउनुभयो ।

‘हाम्रो नेतृत्वमा सरकार बनेमा बृद्धभत्ता मासिक पाँच हजार पु¥याउँछौं,उहाँले भन्नुभयो’,युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्छौ ।’ उहाँले एमाले सरकारमा हुँदा ल्याएका कार्यक्रमहरु अहिलेपनि जनतामाझ लोकप्रिय रहेको बताउनुभयो । जनताको आर्थिक अवस्था उकास्ने योजना एमालेसंग मात्रै रहेको भन्दै उहाँले ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभयो । ‘एमाले नेतृत्वको सरकारले मात्र राष्ट्र निर्माण गर्न सक्छ,नेपाल सिक्किमिकरण हुनबाट बचाउन र राष्ट्रियता कायम गर्न सक्नेछौं’,उहाँले भन्नुभयो ।’ स्थानीय, प्रदेश र संघ सरकारलाई बलियो बनाएर जनताको काम गर्ने योजनाका साथ एमाले निर्वाचनमा होमिएको उहाँको भनाई छ । ज्ञवालीले चितवन २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णभक्त पोखरेलसंगै घरदैलो गरिरहनुभएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>