Breaking News

घन्टी बजाउँदा ध्वनी प्रदुषण हुने भन्दै प्रचारप्रसार नगर्न डा. तोसिमालाई आयोगको निर्देशन

Banner

काठमाडौँ, कात्तिक २३-

ललितपुर–३ की उम्मेदवार डा. तोसिमा कार्कीलाई निर्वाचन आयोगले प्रचारप्रसार नगर्न निर्देशन दिएको छ । घण्टी बजाएर हिँड्दा ध्वनी प्रदुषण हुने बताउँदै आयोगले डा. तोसिमाला्रई प्रचारप्रसार नगर्न निर्देशन दिएको हो ।

मंगलबार निर्वाचन आयोगमा आयोजित सर्वदलीय बैठकका केही दलका प्रतिनिधिहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारहरुले घण्टी लिएर बजाउँदै चुनाव प्रचारप्रसार गरेको र त्यसले आचारसंहिताको उल्लंघन गरेको भन्दै ध्यानाकर्षण गराएका थिए ।

त्यतिबेला कुनै निर्णय र निर्देशन नदिएको आयोगले पछि भने घण्टी बजाएर प्रचारप्रसार नगर्न निर्देशन दिएको राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश कार्कीले बताए । उनले भने, ‘आयोगबाट हामीलाई घण्टी लिएर बजाउँदै नहिँड्नु भनी निर्देशन आएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>