Breaking News
अनधिकृत व्यक्तिसँग ककपिटमा अन्तर्वार्ता दिएपछि पाइलट विजय लामालाई उडानमा रोक

काठमाडौँ, कात्तिक २३
जहाज उडाउँदै गर्दा अनधिकृत व्यक्तिलाई ककपिटमा छिर्ने अनुमति दिँदै भिडिओ अन्तर्वार्ता दिएपछि पाइलट विजय लामा कारबाहीमा परेका छन् । नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट लामालाई ककपिटमा छिर्ने अनुमति दिँदै भिडिओ अन्तर्वार्ता दिएपछि नागरिक उड्डयन प्राधिकरणले उडानमा रोक लगाएको हो ।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अनुमतिबिनै ककपिटबाट लामाले अन्तर्वार्ता दिएका थिए । त्यस्तै नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले यसबारे अध्ययन भइरहेकाले लामालाई तत्कालका लागि उडानमा रोक लगाइएको जानकारी दिए ।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अनुमतिमा मात्र के कारणले फोटो वा भिडिओ लिन लागिएको कारण स्पष्ट पारेर मात्र पाइलटले फोटोग्राफी वा भिडियोग्राफी गर्न सक्छन् ।
हालै चिनियाँ एभिएसन भ्लगर साम चुइलाईले दुबई(काठमाडौँ रुटको एक भ्लगमा ककपिटबाटै पाइलट विजय लामासँग अन्तर्वार्ता लिएको सार्वजनिक भएको छ।



























