भिडियो

मतदातालाई सच्चिन अनुरोध गर्दै सहन प्रधानको चुनावी गीत सार्वजनिक

Banner

चितवन, कात्तिक २२–

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन जिकिँदै गर्दा ‘नेपाली जनता’बोलको गीत सार्वजनिक भएको छ । चुनावमा असल र राम्रो मान्छे छनोट गरेर मतदान गर्न प्रोत्साहन गरेको यस गीतलाई चितवनको पहिलो रेडियो सिनर्जी एफ.एम.मा एक कार्यक्रमकाबिच सार्वजनिक गरिएको हो ।

उद्योग वाणिज्य संघ चितवनका पूर्व अध्यक्ष समेत रहनु भएका सिनर्जी एफ.एमका संचालक सहनलाल प्रधानको शब्द, संगीत रहेको गीतमा स्वरमा प्रधानलाई शिरीष बिक्रम थापा, सृजना गुरुङ, प्रस्तावना कैनीले साथ दिएका छन् । सामाजिक संजालमा भने रेबल क्रियसनको युट्युब च्यानलबाट यो गीत हेर्न सकिन्छ । प्रधानले गीत सुन्नुका साथै शब्दको भाव बुझेर मतदान गर्न सबैमा आह्वान गर्नु भएको छ ।

उहाँले भन्नुभयो—‘मतदातालाई हाम्रो होइन राम्रो रोज्न अनुरोध गर्दै गीतले राष्ट्रको मुद्दामा लड्न सक्ने असल र इमान्दार मानिस पहिचान गर्न मतदातालाई प्रेरित गरेको छ ।’ समसामयिक विषयमा गीत रचना गर्न रुची राख्ने प्रधानले संगीत दिएका दुई दर्जन बढी गीत सार्वजनिक भइसकेका छन् ।

२ दशकअघि सार्वजनिक भएको चितवनको परिचय झल्काउने ‘नारायणीको पानी जस्तै संग्लो चितवन’ गीत अहिले पनि चर्चित छ । उहाँको ‘प्रिय तिमी केहि बोलिदेउ’, ‘कोहो मलाई’, ‘लुकीलुकी आऊ’, ‘आकाशैमा कैलो मैलो’ जस्ता गीतहरु आज सम्म पनि स्रोताले रुचाउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>