निर्वाचन
मकवानपुरमा पुगेका केही मतपेटिका फुटेको अवस्थामा भेटियो
०

मकवानपुर, कात्तिक २२-
मकवानपुरमा निर्वाचन आयोगले केही दिन अगाडि पठाएको मतपेटिका फुटेको भेटिएका छन् । मकवानपुर-बाग्मती प्रदेशको निर्वाचन कार्यालय हेटौँडा मकवानपुरमा पुगेका केही मतपेटिका फुटेको भेटिएको हो।
प्रदेश निर्वाचन कार्यालय परिसरदेखि माथिल्लो तलासम्म नै निर्वाचन सामग्री राखिएका छन् । कार्यालय परिसरमा रहेका केही मतपेटिका फुटेका छन् । ती फुटेका मतपेटिका कर्मचारीले छुट्याउने गरेका छन् । सेतो रङ्गको मतपेटिका कुनैको पिँधमा, कुनैको बिर्कोमा तथा केही फक्लेटा नै उप्किएका छन् ।
यसपालि अत्यन्तै कमसल खालका मतपेटिका आएको बाग्मती प्रदेश निर्वाचन कार्यालयका कर्मचारीले आरोप लगाएका छन् ।
मतपेटिका २३ वटा फुटेको पाइएको छ । त्यस्तै, १० वटाको बिर्को नै फुटेको भेटिएको छ । लोड अनलोड गर्दा, ल्याउँदा गाडीमा ठोक्किएर यस्तो भएको हुनसक्ने पौडेलले बताउनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























