Breaking News

चितवन १ को विकासका लागि डा.विश्वनाथ पौडेलले गरेका यी हुन् उदाहरणीय कार्यहरु

Banner

चितवन, कात्तिक २२–

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आउन अब १२ दिन मात्रै बाँकी छ । उम्मेदवारहरु यतिबेला मतदाता भेट्न घरदैलो अभियानमा व्यस्त छन् ।

चितवन क्षेत्र नं.१ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट डा.विश्वनाथ पौडेल प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । उनका साथमा दुई सारथीहरु प्रदेशसभा १ (क) का किरण भुषण ओली र १ (ख) का कृष्णप्रसाद खनाल पनि घरदैलोमै व्यस्त छन् । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएर चर्चामा आएका रत्ननगर नगरपालिका–३ शान्ति चोक निवासी डा.पौडेल अहिले निर्वाचनमा सबैको ध्यान तानेका छन् । उनी कसरी राजनीतिमा आए र चितवन १ का लागि के–के काम गरे भन्ने सबैमा चासोको विषय बनेको छ । आज उनै डा.पौडेलले चितवन १ का लागि गरेका कामहरु केलाउँदै छौं ।

डा.पौडेल राष्ट्रिय योजना आयोगमा १४ महिना मात्रै काम गरेर राजीनामा दिँदै चितवन १ को उम्मेदवार बनेका हुन् । यसबीचमा उनी आफ्नो घर र क्षेत्र नं.१ को सबै वस्तुस्थिति बुझि रहन्थे । चितवन क्षेत्र नं.१ मा पर्ने रत्ननगर, खैरहनी र राप्ती नगरपालिकाको भौगोलिक अवस्था डा.पौडेललाइै राम्ररी थाहा छ । किनकी उनी यही भुगोलमा जन्मिएर हुर्किदै, नेपाल माविबाट १० कक्षा उत्तीर्ण हुँदै उच्च शिक्षाका लागि अमेरिकासम्म पुगे । त्यहाँबाट सिकेका सीप र ज्ञानलाई आफ्नै ठाउँमा केहीगर्छु भनि फर्किएका डा.पौडेलले विकासका लागि धेरै संकेत दिईसकेका छन् ।

उनले चितवन क्षेत्र नं.१ का लागि गरेका कामहरुलाई यहाँ बुँदागत रुपमा चर्चा गर्नेछौं ।

१.कयर खोला तटबन्धन (करिब २३ करोड बजेट): हाल यसको निर्माणकार्य भइरहेको छ ।

२.राप्ती खोला तटबन्धन (करिव १७ करोड बजेट): हाल यसको निर्माणकार्य भइरहेको छ ।

३.लदरी खोला पुल निर्माण (करिव ११ करोड बजेट): निर्माण कार्य सुरु गरिएको ।

४.जनजागृति मावि भवन निर्माण (करिव ४ करोड): निर्माणको प्रक्रियामा रहेको ।

५.गवै मावि खैरहनी–१३ को भवन निर्माण (करिव १.५ करोड): निर्माणको क्रममा रहेको ।

६.चितवनको विकट क्षेत्र राप्ती १०, ११, १२ र १३ मा विद्युत लाइन विस्तार ।

७.यौरालीटारमा छात्रबास भवन निर्माण (करिव ४.५ करोड): शिलान्यास भइसकेको ।

८.चेपाङ मार्ग पिच तथा ढलान यौरालीटारसम्म (करिव २० करोड): निर्माण प्रक्रियामा ।

९.पम्फाखोला तटबन्धनको लागि (करिव ५ करोड): निर्माण गरिएको ।

१०.च्यात्राखोला तटबन्धनको लागि (करिव ३ करोड): निर्माण गरिएको ।

११.सौराहा सौन्दर्यकरण विस्तार आयोजना अन्तरगत रत्ननगर, खैरहनी र राप्ती जोड्ने साइकल लेनसहितको पर्यटकी सडक निर्माणको लागि (करिव १८ करोड): निर्माण सुरु हुने क्रममा रहेको छ ।

१२.रत्ननगर ८ चित्रसारीमा सौराहा जोड्ने ४ लेनको आकर्षक सिग्नेचर पुल निर्माणको लागि डिपिआर तयार गरिएको छ । यसको अन्य कामहरु अघि बढेका छन् ।

१३.खगेरीखोला तटबन्धनका लागि करिव ८ करोड बजेट । अहिले निर्माणको प्रक्रिया अघि बढेको छ ।

१४.खैरहनी–१० कठारमा रिक्रियसशन सेन्टर निर्माणका लागि करिव १० करोड । यो निर्माणको प्रक्रियामा रहेको छ ।

१५.शक्तिखोर हुग्दी सुरुङमार्ग डि.पि.आर.तयार (अन्य प्रक्रियामा रहेको छ)

१६.चितवनको टिकौलीदेखि पूर्व पथलैया बारासम्म उच्च स्तरीय ४ लेन सडक निर्माण (राष्ट्रिय गौरवको आयोजना) यो निर्माणको प्रक्रियामा रहेको छ ।

१७.शक्तिखोरको दोगरादेखि खुरखुरेसम्म जोड्ने सडक निर्माणका लागि करिव ६० करोड । हाल यो निर्माण भइरहेको छ ।

अर्थशास्त्री डा.पौडेललाई पूर्वीचितवनलाई विकसित बनाउने विभिन्न सपनाहरु रहेका छन् । उनले त्यो सपना पुरा गर्न संसदीय निर्वाचनमा होमिएको बताउने गरेका छन् । अहिलेसम्म पूर्वीचितवन विकास निर्माणको हिसाबले धेरै पछाडी परेको भन्दै अब अग्रगमनतर्फ लैजान आफू अघि सरेको बताउने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>