चितवन विशेष

निर्वाचनलाई अपाङ्ग मैत्री बनाउन आग्रह

Banner

चितवन, कात्तिक २०–

नेत्रहिन युवा संघ नेपाल जिल्ला शाखा चितवनले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई अपाङ्ग मैत्री बनाउन आग्रह गरेको छ । आज (आइतवार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजनाको गरि संस्थाले अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँच युक्त निर्वाचन गराउन माग गरेको हो ।

मतदान स्थल, मतदाता शिक्षा समेत अपाङ्गता मैत्री बनाउन संस्थाका अध्यक्ष भूपराज पाठकले सरोकारवालालाई आग्रह गर्नुभएको छ । ‘यसअघिका निर्वाचन अपाङगता मैत्री हुन सकेको छैन । यस निर्वाचनमा मतदान स्थलमा ह्वीलचियर जान मिल्ने व्यवस्था गर्नुपर्दछ, दृष्टिबिहिनका लागि दृष्टिबिहिन मैत्री निर्वाचन क्षेत्र र न्यून दृष्टिबिहिन भएकाहरुलाई ठुलो आकारको मतपत्र संगै उज्यालो ठाउँमा मतसंकेत गर्ने व्यवस्था हुनुपर्दछ,’ उहाँले भन्नुभयो, ‘बहिराहरुका लागि निर्वाचन आयोगले बनाएको नियम अनुसार दोभाषेको व्यवस्था गरि पहुँचयुक्त मैत्री निर्वाचन गरिनुपर्दछ ।’ निर्वाचन आयोग तथा राजनीतिक दलहरु पनि यसतर्फ सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।

अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन र अपाङ्ग मैत्री निर्वाचन गराउन नेत्रहिन युवा संघले चितवनमा विभिन्न कार्यक्रम गरि दबाव दिइरहेको थियो । राजनीतिक दलहरुमा अपाङ्गता भएका व्यक्तिहरुको समान पहुँच र सहभागिताका लागि जिल्लाका सक्रिय राजनीतिक दललाई ज्ञापनपत्र बुझाएको संस्थाका सचिव किरण पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार, मतदान स्थललाई अपाङ्गता मैत्री बनाउन निर्वाचन आयोगलाई समेत ध्यानाकर्षण गराईएको छ ।

पर्यवेयक्षकको रुपमा अपाङगता भएका व्यक्तिको सहभागिता गराउन कास्की, रुपन्देही र चितवनका ३३ जनालाई प्रशिक्षण दिईएको पन्तले जानकारी दिनुभयो । तालिम प्राप्त २५ जना प्रशिक्षक मार्फत अपाङ्गता व्यक्ति भएका ३२५ घरधुरीका १ हजार ५०० बढीलाई मतदाता शिक्षाप्रदान गरिएको छ । चितवनको भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकामा नमुना मतदान गरिएको उहाँले जानकारी दिनुभयो । नमुना मतदानमा सत प्रतिशत मत सदर भएका थिए । यस्ता कार्यक्रमले निर्वाचन बारे सकारात्मक सन्देश जाने र मतको सहि सदुपयोग हुने विश्वास संस्थाले लिएको छ ।

आगामी दिनमा निर्वाचन शिक्षा परिचालनका लागि स्वयमसेवक परिचालन, अपाङगता मैत्री निर्वाचन प्रणालीकालागि विज्ञापन सामाग्रीहरु प्रसारप्रसार गर्ने कार्यक्रम तय गरिएको कार्यक्रम संयोजक किरण थापाले जानकारी दिनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरुको नामावली बन्द सूचिमा सूचिकृत गर्न माग समेत गर्नुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>