Breaking News

गृहजिल्ला डडेलधुरामा देउवालाई लगाइयो ३२ किलोको माला

Banner

काठमाडौ,कात्तिक २०-

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई गृहजिल्ला डडेलधुरामा ३२ किलोको माला लगाइएको छ। जिल्लाको भित्री मधेस क्षेत्र जोगबुढामा आयोजित चुनावी सभामा नेपाली कांग्रेस र सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रको परशुराम नगर समितिले सोमबार देउवालाई ३२ किलोको माला लगाएको हो।

भित्री मधेस क्षेत्रका विभिन्न समस्या र सरोकार समेटिएका ३२ वटा मागसहितको ज्ञापनपत्र बुझाउँदै देउवालाई ३२ किलोको मालाले सम्मान गरिएको गठबन्धनको दल नेकपा माओवादी केन्द्रका परशुराम नगर समितिका एक नेताले जानकारी दिए। ती नेताका अनुसार प्रधानमन्त्री देउवासहितका नेतालाई ‘गठबन्धनको माला’ले पनि बाँधिएको छ। गठबन्धनबीच एकता छ भन्ने सन्देश दिन सयपत्री फूलको एउटै मालाले प्रधानमन्त्री देउवासहित नेताहरुलाई बाँधिएको माओवादी केन्द्रका ती नेताको भनाइ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>