Breaking News

चितवनमा आइपुग्यो सबै मतपत्रसहितका निर्वाचन सामग्री

Banner

चितवन, कात्तिक २०–

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मतपत्रलगायतका निर्वाचनमा आवश्यक सबै सामग्री चितवनमा आइपुगेको छ ।

प्रतिनिधि र प्रदेशसभा दुवैतर्फको प्रत्यक्ष र समानुपातिकको मतपत्र आइपुगेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भिमसेन कार्कीले नारायणी अनलाइनलाई जानकारी दिए । ‘सबै प्रकारका मत्र शनिबार नै चितवन आइपुगेको छ, निर्वाचनका लागि चाहिने अन्य आवश्यक सामग्री पनि आइसकेको छ, हामी व्यवस्थापनको काम गरिरहेका छौं’–कार्कीले भने ।

चितवनमा कुल ४ लाख ८ हजार मतदाता रहेका छन् । जसमा १० प्रतिशत थप गरेर मतपत्र आइपुगेको कार्कीले बताए । जिल्लामा प्रतिनिधिसभातर्फ ३ र प्रदेशसभातर्फ ६ गरि ९ वटा निर्वाचन क्षेत्र छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>