Breaking News
ओलीको आलोचना: गठबन्धनले जनता अलमल्याउने जादुगरी कुराहरु राखेर घोषणापत्र बनायो

काठमाडौं कात्तिक १९-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा रहेका दलहरुको घोषणापत्र शब्दहरुको थुप्रो मात्र भएको टिप्पणी गरेका छन् ।
प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको शनिबार काठमाडौंमा सम्बोधन गर्दै उनले जनता अलमल्याउने गरी जादुगरी कुराहरु राखेर घोषणापत्र बनाएको भन्दै आलोचना गरेका छन् । चुनावमा बेलमा ल्याउनैपर्ने भएकाले मात्र सत्तारुढ दलहरुले घोषणापत्र ल्याएको भन्दै ओलीले उनीहरुसँग कुनै योजना र कार्यक्रम नभएको आरोप लगाए ।
‘यो गठबन्धनजस्तो बन्ने हो भने कसको नीति कार्यान्वयन गर्ने रु सबैको खल्ती हेर्नुभयो भने रित्तै छ’ ओलीले भने, ‘घोषणापत्र नामका चिज निकाल्दैछन्, निकाल्नैपर्ने हुनाले निकालेका हुन्, यिनीहरुको घोषणापत्रमा केही छैन, पोलिटिकल पार्टीले प्रोग्राम दिनुपर्यो, सोच हुनुपर्यो, यिनका घोषणापत्र शब्दहरुको थुप्रो हो ।’
४ मंसिरको चुनावबाट एमालेबाहेक अर्को कुनै पनि दल बलियो राष्ट्रिय शक्तिको रुपमा आउन नसक्ने ओलीले जिकिर गरे ।


























