Breaking News
प्रधानमन्त्री म र गण्डकीको मुख्यमन्त्री सुरेन्द्रराज बन्ने सम्भावना छः प्रचण्ड

गोरखा, कात्तिक १८-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनपछि सुरेन्द्रराजजी पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री र आफू प्रधानमन्त्री बन्ने सम्भावना देखेको बताएका छन् ।
गोरखामा आयोजित गठबन्धन दलहरुको चुनावी जनभेलालाइ सम्बोधन गर्दै उनले आगामी सरकारको नेतृत्व गर्ने सम्भावना रहेको बताए हुन् ।
उनले भने, ‘सुरेन्द्रराज पाण्डेजी यहाँबाट जितेपछि प्रदेशसभाको सामान्य सदस्य मात्रै होइन। गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने पुरै सम्भावना छ। अर्का उम्मेदवार फणिन्द्र देवकोटा पनि मन्त्री हुने सम्भावना छ। मलाई सुरेन्द्रजीहरुसहित सबैले भन्नेको गरेको यो निर्वाचनपछि देशको नेतृत्व लिने सम्भावना छ।’
प्रचण्ड गोरखा २ का प्रतिनिधि सभाका उम्मेदवारर हुन् भने, प्रदेशसभा सदस्यतर्फ ९१ मा नेसपाका नेता फणिन्द्र देवकोटा र (२) मा कांग्रेसका नेता सुरेन्द्रराज पाण्डे चुनावी मैदानमा छन्।


























