Breaking News
एमाले अध्यक्ष ओलीले अहिलेसम्मको परिवर्तन उल्ट्याउन लागिपरेको प्रचण्ड आरोप
०

गोरखा, कात्तिक १८-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले राजावादी गठबन्धनको नेतृत्व गरेको आरोप लगाएका छन्।गोरखामा आयोजित गठबन्धन दलहरुको चुनावी जनभेलालाइ सम्बोधन गर्दै उनले ओलीले अहिलेसम्मको परिवर्तन उल्ट्याउन लागिपरेको आरोप लगाएका हुन्।
लोकतन्त्र र संविधानको रक्षाको लागि गठबन्धन बनेको उनले बताए। प्रचण्डले भने, ‘शेरबहादुरजीले नेतृत्व गरेका अग्रगमनको गठबन्धनमा हामी छौँ। अर्को गठबन्धन केपी ओलीले गरेको राजावादी, सामन्तवादी र देश टुक्राउनुपर्छ भन्नेहरुसँग छ।’ उनले आगामी निर्वाचन अग्रगमन र पश्चगमनको बीचको लडाइँ भएको समेत बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























