Breaking News

शेरधन मुख्यमन्त्री हुँदा उल्लेख्य काम गरेको भन्दै कांग्रेस र माओवादीबाट ५५ जना एमाले प्रवेश

Banner

भोजपुर, कात्तिक १८-

नेकपा एमालेबाट प्रतिनिधिसभा उम्मेदवार शेरधन राईको गृहपालिका आमचोकमा कांग्रेस र माओवादीका नेता-कार्यकर्ता एमाले प्रवेश गरेका छन् । आमचोक-८ दुम्मानामा बिहीबार आयोजित चुनावी कार्यक्रममा ५५ जनाभन्दा बढी एमाले प्रवेश गरेका हुन् ।

सचिव किरण राईले बताए अनुसार पछिल्लो दुईपटक माओवादीले जितेको यो पालिकामा एमालेलाई परेको चोट बिहीबारको प्रवेशले मंसिर ४ का लागि पूर्ति दिएको छ ।

उनीहरूले देशको विकास र समृद्धि एमालेबाट मात्र सम्भव भएको र मुख्यमन्त्री हुँदा शेरधन राईले उल्लेख्य काम गरेको भन्दै कांग्रेस(माओवादी गठबन्धन सत्ताका लागि मात्र भएको आरोप लगाएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>