चितवन विशेष

रत्ननगर ७ का ३२ किसानले पाए मोटर

Banner

चितवन, कात्तिक १८–

रत्ननगर नगरपालिका वडा नं.७ ले किसानलाई ५० प्रतिशत अनुदानमा सिंचाइ मोटर वितरण गरेको छ । बुधबार वडाभित्रका किसानका लागि ३२ वटा मोटर वितरण गरिएको वडाअध्यक्ष सजना महतोले जानकारी दिए । उनका अनुसार वडाबाट ४७ वटा निवेदन परेकोमा ३२ जनाले मात्रै मोटर पाएका हुन् ।

वडाले कृषि क्षेत्रलाई सहज बनाउनको लागि किसानलाई मोटर वितरण गर्दै आएको वडाअध्यक्ष महतोले जानकारी दिए । आर्थिक अवस्था कमजोर रहेका किसानले मोटर नहुँदा सिंचाइमा झेल्दै आएको अभाव पूर्ति भएको बताए । किसानले मोटर पाएपछि सिंचाइमा सहज हुने विश्वास लिइएको छ । किसान मिलन गोदारले वडाबाट पाएको मोटरका कारण कृषि उत्पादनमा सहज हुने बताए । वडाले वडावासी किसानको हितमा काम गरेको उनले बताए ।

युवा किसान वीरेन्द्र चौधरीले मोटर अभावमा खेतमा सिंचाइ गर्न नपाइरहेको अवस्थामा वडाले किसानमैत्री कार्यक्रम ल्याएको भन्दै खुसी व्यक्त गरे । आगामी दिनमा पनि किसानमैत्री अन्य कार्यक्रम ल्याउन उनले आग्रह गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>