Breaking News

हिमालय एअरलाइन्सले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु गर्‍यो चार्टर्ड उडान

Banner

काठमाण्डौ, कात्तिक १८-

भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एअरलाइन्सले हिजोदेखि चार्टर्ड उडान सुरु गरेको छ। जहाजले भैरहवाबाट १ सय ३८ जना यात्रु लिएर मलेसिया उडान गरेर चार्टर्ड उडान सुरु गरेको हो ।

एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठका अनुसार हप्तामा सातै दिन उडान भर्ने योजना बनाएको कम्पनीले एअरबस–३२० को जहाजमार्फत उडान भरेको थियो ।

यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सलाई भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्न निर्देशन दिएको थियो । यसैबीच क्यानका अनुसार कुवेतको राष्ट्रिय ध्वजावाहक कुवेत एअरले अबको एक महिनापछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने योजना समेत पेस गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>