Breaking News
चुच्चे नक्सामा समेटिएका ठाउँ फिर्ता गर्न र चुनावी अभियान सुरु गर्न ओली आज सुदूरपश्चिममा

काठमाडौँ, कात्तिक १७-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सुदूरपश्चिम प्रदेश जाने भएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्न अध्यक्ष ओली सुदूरपश्चिम गएका हुन् ।
आज साझ धनगढी पुग्ने र भोली दार्चुला जाने कार्यक्रम रहेको एमाले प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए । एमालेले भोली दार्चुलाबाट राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्ने उनले जनाए ।
आफू प्रधानमन्त्री हुँदा चुच्चे नक्सा समेटिएको ठाउँबाट चुनावी अभियान थाल्नुले अतिक्रमित भूमि फिर्ता गराएको एजेन्डालाई महत्त्वपूर्ण क्रेडिटको रूपमा चुनावी मिसन बनाउने सङ्केत देखिएको छ ।
‘एमाले सरकारकै पालामा भारतले कब्जा गरेको भूमि नेपाली नक्सामा राखिएको थियो प्रदेश सचिव पाठकले भने ‘त्यो भूमि नक्सामा राखेर मात्र हुँदैन नेपालाई फिर्ता गर्नुपर्छ ।’


























