Breaking News

नेपाल सरकारले बारम्बार गरेको आग्रहलाई अस्वीकार गर्दै साउदीमा एक नेपालीलाई दिइयो मृत्युदण्ड

Banner

काठमाडौँ, कात्तिक १७-

साउदी अरबमा मृत्युदण्डको सजाय पाएर १५ वर्षदेखि जेल जीवन बिताइरहेका उदयपुरका विवेक दाहाललाई साउदी अरब सरकारले मृत्युदण्ड दिएको छ। नेपाल सरकारले बारम्बार गरेको आग्रहलाई अस्वीकार गर्दै साउदी अरबको सरकारले दाहाललाई मृत्युदण्डको सजाय कार्यान्वयन गरेको हो।

मृत्युदण्डपछि उनको शव परिवारलाई नदिई साउदीमा जमिनमा गाडिएको छ । उनलाई मृत्युदण्ड दिइएको ४८ घन्टापछिमात्र नेपाली दूतावासलाई सूचना दिइएको हो।

दाहालले मोरङका आफन्त राजेन्द्र विष्टको सन् २००७ सालमा हत्या गरेका थिए। सो घटनामा घाइते भएका सुडानी नागरिकको दुवै आँखामा क्षति पुगेको थियो । साउदीसहित प्रमुख गन्तव्य मुलुकमा कम्तीमा १० नेपालीले मृत्युदण्डको सजाय पाइसकेका छन्। विभिन्न अपराधमा सजाय पाएका झन्डै ५ सय नेपाली जेलमा छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>