Breaking News

भोट माग्दै अष्टलक्ष्मीको घर पुगिन् मानुषी

Banner

काठमाडौँ, कात्तिक १६-

काठमाडौंको क्षेत्र नम्बर ७ मा उम्मेदवारी दिएकी पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईकी सुपुत्री मानुषी यमी भट्टराई सोही क्षेत्रकी मतदाता एमालेकी वरिष्ठ नेतृ अष्टलक्ष्मी शाक्यको घरमा भोट माग्न पुगेकी छन् । उनले अष्टलक्ष्मीलाई आफ्नो राजनीतिक जीवनको प्रेरणा स्रोत भन्दै प्रशंसा गरिन् ।

त्यस्तै काठमाडौंको क्षेत्र नम्बर ७ मा उम्मेदवारी दिएकी पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईकी सुपुत्री मानुषी यमी भट्टराई सोही क्षेत्रकी मतदाता एमालेकी वरिष्ठ नेतृ अष्टलक्ष्मी शाक्यको घरमा भोट माग्न पुगेकी छन् । उनले अष्टलक्ष्मीलाई आफ्नो राजनीतिक जीवनको प्रेरणा स्रोत भन्दै प्रशंसा गरिन् ।

जवाफमा मानुषीले भनिन्, ‘आदरणीय अंकल–आन्टी हाम्रो प्रेरणाको स्रोत हुनुहुन्छ, उहाँहरूले यति संघर्ष गरेर ल्याउनुभएको व्यवस्थाप्रति सम्मान गर्दै त्यसैलाई आधार मानेर सुशासन र समृद्धिको बाटोमा एक ढिक्का भएर एउटै मिसन बनाएर जान युवापुस्ता आतुर छौँ । उहाँहरूको शुभेच्छा र साथ रहोस् ।’

मानुषीले आजको घरदैलोका क्रममा अष्टलक्ष्मीको घरमा भएको छोटो भलाकुसारीको तस्बिर र भिडियो सामाजिक सञ्जालमा समेत पोष्ट गरेकी छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>