मनोरञ्जन
अभिनेत्री श्वेता खड्कालाई पुत्रीलाभ
०

काठमाडौ,कात्तिक १५-
अभिनेत्री श्वेता खड्का आमा बनेकी छन् । उनले आज छोरीलाई जन्म दिएकी हुन् ।
मंगलबार अपरान्ह ग्रान्डी सिटी अस्पतालमा उनले पहिलो सन्तानलाई जन्म दिएको पारिवारिक स्रोतले जनाएको छ । केही दिनअघिमात्र श्वेताले श्रीमान विजयेन्द्र र परिवारको साथमा बेबी सावर मनाएकी थिइन् ।धनगढीका विजयन्द्रसिंह राउतसँग २०७७ साल मंसिर २२ गते उनको विवाह भएको थियो।
अभिनेत्री स्वेता खड्काले केही दिनअगाडि बेबी बम्प देखाउँदै फोटोसुट गरेका केही तस्बिरहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























