Breaking News
भोलिको प्रधानमन्त्री प्रचण्ड र मुख्यमन्त्री पाण्डे होः भट्टराई

गोरखा, कात्तिक १३-
प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा क्षेत्र नं. २ बाट चुनाव लडने भएका छन् । त्यस्तै गोरखामा आज आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी दिनमा प्रचण्ड प्रधानमन्त्री बन्ने बताएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्ने समेत भट्टराईले बताएका थिए । उनले भने, ‘यहाँ कसैले अन्यथा नमान्नु होला, कमरेड प्रचण्ड भोलिको प्रधानमन्त्री र सुरेन्द्रराज पाण्डे भोलिको मुख्यमन्त्री । यही क्षेत्रले प्रधानमन्त्री पनि मुख्यमन्त्री पनि पाइसकेपछि हाम्रो विकासको सपना कसरी पूरा नहोलान् ?’
त्यस्तै गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित जनप्रतिनिधि आगामी दिनमा प्रधानमन्त्री र मुख्यमन्त्री बन्ने र जिल्लाको विकास पनि हुने भट्टराइको भनाइ छ ।


























