चितवन विशेष
भरतपुर अस्पतालले भोलिबाट बिलिङ काउन्टरबाट पनि ओपिडी टिकट दिने
०

चितवन, कात्तिक १३–
भरतपुर अस्पतालले भोलि (सोमबार)देखि बिलिङ काउन्टरबाट पनि विरामीलाई ओपिडी टिकट दिने भएको छ । अस्पतालले एक सूचना जारी गरी टिकट काउन्टरको अलवा दुई वटा बिलिङ काउन्टरबाट समेत बिहान साढे ७ बजेदेखि १० बजेसम्म ओपिडी टिकेटिङ हुने जानकारी दिएको हो । हाल अस्पतालले चार वटा टिकट काउन्टरबाट ओपिडी टिकट दिने गरेको छ ।
टिकट काउन्टरमा भने २ बजे सम्म नै टिकेटिङ हुने अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए । शुक्रबार १ बजेसम्म मात्रै ओपिडी टिकट काटिने उनले बताए । सकेसम्म बिरामीहरुलाई अनलाइन टिकेटिङको सुविधा लिन अस्पतालले आग्रह गरेको छ । भरतपुर अस्पतालमा चितवन लगायत विभिन्न १२ जिल्लाका विरामी उपचारका लागि आउने गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























