Breaking News

परालमा आगो लगाउँदा वायु प्रदूषण बढ्दो, सतर्कता अपनाउन विज्ञको सुझाव

Banner

काठमाडौँ, कात्तिक १२-

भारतमा पछिल्लो समय धान काटेपछि परालमा आगो लगाउने काम सुरु भएको छ । पञ्जाब र हरियाणा राज्यमा धान काटेपछि पछिल्लो एक हप्तादेखि पराल डढाउने कार्य भइरहेको हो । जसको कारण हावा प्रदूषित भएको छ र उक्त प्रदूषित हावा नेपालमा भित्रन सक्ने भन्दै सतर्कता अपनाउन विज्ञले सुझाव दिएका छन् ।

त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एवं मौसम अनुसन्धानकर्ता विनोद पोखरेलका अनुसार प्रदूषित हावा केही दिनमा नेपाल भित्रन सक्ने र यस्तो प्रदूषित हावाले स्वास्थ्यमा असर पार्ने उच्च जोखिम छ । त्यस्तै ५० एक्युआईसम्मको हावालाई गुणस्तरीय मानिन्छ तर त्यो भन्दा धेरै भयो भने स्वास्थ्यका लागि खतरनाक हुन्छ र यस्तो हावाले पनि स्वास्थ्यमा निकै असर गर्ने गर्छ।

प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या हुनुका साथै आँखा र नाक पोल्ने समस्या बढ्न सक्ने डाक्टरहरु बताउँछन् । गएको वर्ष पनि हिउँदको समयमा देशभर प्रदूषण बढेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>