खैरहनी

मगनीमा शनिबार ‘तिहार म्युजिक फेस्ट’ हुँदै, मन्त्र व्याण्ड र अनु चौधरीको विशेष प्रस्तुती

Banner

चितवन, कात्तिक १०–

पूर्वीचितवनको खैरहनीस्थित मगनीमा ‘तिहार म्युजिक फेस्ट’ हुने भएको छ ।

यही कात्तिक १२ गते (शनिबार) अपरान्हदेखि मगनी स्कुलको खेलमैदानमा ‘तिहार म्युजिक फेस्ट’ हुन लागेको हो । वाईएसीडी मगनको आयोजनामा हुन लागेको कार्यक्रममा वाईएसी साउण्ड र वाईएसी इभेन्ट्सले सहकार्य गरेको छ ।

सांगीतक कार्यक्रममा मन्त्र व्याण्डको विशेष प्रस्तुती रहने जयस चौधरीले जानकारी दिए । यस्तै कार्यक्रममा थारु गीतसंगीतकी चर्चित गायिका अनु चौधरीको पनि विशेष प्रस्तुती रहने छ । यस्तै दि क्र्यालियनस व्याण्ड, स्थानीय कलाकारहरुको नृत्य प्रस्तुत समेत रहने आयोजकले जनाएको छ ।

पछिल्लो केही वर्षयता नेपालीहरुको महान् चाड तिहारको अवसरमा यस कार्यक्रम हुँदै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>