चितवन विशेष

माओवादी केन्द्र चितवनमा फेरी पहिरो,जिल्ला सहइन्चार्ज रेग्मी एमाले प्रवेश गरे

Banner

चितवन,कात्तिक ९-

नेकपा माओवादी केन्द्र चितवनका जिल्ला सहइन्चार्ज रमेश रेग्मी अमर एमाले प्रवेश गरेका छन् । एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा जिल्ला सहइन्चार्ज रेग्मीसहित माओवादी केन्द्र निकटको प्रेस सेन्टरका केन्द्रीय सचिव प्रल्हाद पोखरेल एमाले प्रवेश गरेको एमाले बागमती प्रदेश कमिटी सचिव विजय सुवेदीले जानकारी दिए । यसअघि, माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य यमबहादुर परियार भदौं ३१ गते एमाले प्रवेश गरेका थिए । परियार र रेग्मीको प्रवेशसँगै माओवादी केन्द्र चितवन जिल्ला इन्चार्ज र सहइन्चार्ज विहिन भएको छ ।

एमाले प्रवेश गरेका रेग्मी माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको सचिवालय सदस्यसमेत हुन् । उनीसँगै प्रवेश गरेका पोखरेल पनि बागमती प्रदेश कमिटीका सदस्य हुन् । रेग्मी यसअघि माओवादी केन्द्र चितवनका पटकपटक जिल्ला सचिव, काठमाडौ र ललितपुरको समेत पार्टी सचिव भएर काम गरेका थिए । एमाले प्रवेश गरेका जिल्ला सहइन्चार्ज रेग्मीले माओवादी केन्द्र दाहाल एण्ड कम्पनीको रूपमा विकास भएकोले त्यहाँ बस्दा नेपाली कम्युनिस्ट आन्दोलनलाई थप क्षति र वर्वादी गर्ने भएकोले कम्युनिस्ट आन्दोलनको मूल धार एमालेमा प्रवेश गरेको बताए। पार्टीलाई सहि बाटोमा ल्याउन पार्टी भित्र अन्तसंघर्ष गरेपनि प्रचण्डले जे भन्छन् त्यहीँ नियम र कानुन बन्ने गरेको भन्दै ब्यक्तिवाद हावी भएको नेता रेग्मीले बताए ।

पछिल्लो समयमा माओवादी केन्द्र कांग्रेससँग आत्मसमर्पण गर्न पुगेको भन्दै कांग्रेसले छुट्टाएको भाग खाने ठाउँमा माओवादी गएको बताए । कांग्रेसलाई ठूलो पार्टी बनाउन हिड्ने कदापि कम्युनिस्ट हुन नसक्ने ठहरसहित एमालेमा समाहित भएको बताए । उनले कम्युनिस्टहरू एमालेमा केन्द्रीकृत हुन आवश्यक भएको बताउँदै अरू पनि नेता कार्यकर्ता एमालेमा आउन आतुर रहेको बताए । माओवादीको केन्द्रीय महाधिवेशनबाट एमसीसी पास नगराउने निर्णय सर्वसम्मतिले भए पनि प्रचण्ड एक्लैले त्यसलाई लत्याएको घटनाले माओवादी थप उदांगो भएको नेता रेग्मीले बताए । रेग्मीसहितका नेता प्रवेश गर्ने कार्यक्रम हालै मात्रै माओवादीबाट एमाले प्रवेश गरेका केन्द्रीय सदस्य यमबहादुर परियारको समेत उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>