चितवन विशेष
रत्ननगरको सौराहा चोकमा रहेको मोटरसाइकल ग्यारेजमा आगलागी,३० बढि मोटरसाइकल जले
०

चितवन,कात्तिक ८-
चितवनको रत्ननगर स्थित मोटरसाइकल ग्यारेजमा आगलागी भएको छ । रत्ननगर नगरपालिका १ सौराहा चोकमा रहेको न्यू कालिका आटो पार्टसमा आज विहान ३ः५० बजे आगलागी भएको हो ।
खैरहनी नगरपालिका र भरतपुर महानगरपालिकाको दमकलले विहान ६ बजे आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आगलागीबाट १२ वटा नयाँ र २० भन्दा बढि पुराना मोटरसाइकल जलेर क्षति भएको छ । क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























