चितवन विशेष

चितवनमा साउनयता १९ सय ८३ जनामा डेंगु संक्रमण, तीनको मृत्यु

Banner

चितवन, कात्तिक ७–

चितवनमा यस आर्थिक वर्ष २०७९/८० को साउनदेखि यता हालसम्म १९ सय ८३ जनामा डेंगु संक्रमण भेटिएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाका १३ सय ६७, अन्य जिल्लाका ४०७ र ठेगाना नखुलेका २०९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यस अवधिमा तीन जना डेंगु संक्रमितको मृत्यु भइसकेको छ ।

आइतबार मात्रै जिल्लामा २३ जनामा डेंगु भेटिएको छ, जसमध्ये चितनवका २१ जना हुन् भने अन्य जिल्ला र ठेगाना नखुलेका एक÷एक संक्रमित छन् । चितवनका कुल संक्रमित १३ सय ६७ जनामध्ये भरतपुर महानगरका ९१५, खैरहनीक ११६, माडीका २७, रत्ननगरका १८८, राप्तीका ७८, कालिकाका ३६ र इच्छाकामनाका सात जना संक्रमित छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>