Breaking News
गिरिजाले अन्तिम घडीमा एक्लै बोलाएर मलाई देशको नेतृत्व लिन आग्रह गरेका थिएः प्रचण्ड
०

काठमाडौ,कात्तिक ६-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जीवनको अन्तिम घडीमा तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले आफूलाई देशको नेतृत्व गर्न भनेको बताएका छन्। पाँच दलीय गठबन्धनको साझा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै दाहालले जीवनको अन्तिम घडीमा कोइरालाले एक्लै बोलाएर आफूलाई देशको नेतृत्व लिन आग्रह गरेको बताए। उनले यो कुरा कांग्रेसले बुझ्न आवश्यक रहेको बताए।
दाहालले शान्ति प्रक्रियाको पहिलो सुरूवात अहिलेका कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको बताए। ‘म भूमिगत रूपमा दाङमा थिएँ, त्यति बेला पनि शेरबहादुर देउवा प्रधानमन्त्री हुनुन्थ्यो’, उनले भने, ‘भूमिगत हुँदा पहिलो पटक कुनै प्रधानमन्त्रीसँग कुरा भएको थियो भने त्यो (उहाँ) देउवा हो, त्यहीँबाट नेपालमा शान्ति प्रक्रियाको शुभारम्भ भएको हो।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























