Breaking News

डडेलधुरामा कांग्रेसको वडा समितिले गर्‍यो चुनाव बहिस्कार, देउवासँगमात्रै वार्ता गर्ने

Banner

डडेलधुरा,कात्तिक ६-

प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्ला डडेलधुरामा कांग्रेसको वडा समितिले चुनाव बहिस्कारको निर्णय गरेको छ । भागेश्वर गाउँपालिका ५ को समितिले चुनाव बहिस्कार गर्ने निर्णय गरेको छ । बहुमतबाट निर्णय गरिएको वडा सभापति जंगबहादुर थापामगरले जनाएका छन् ।

“मंसिर ४ गते हुन गइरहेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा वडा कमिटीले समग्र वडाको विकासका लागि राखेका मागहरु विश्वासिलो रुपमा पूरा हुने आधार नदेखिएको अवस्थामा चुनाव बहिस्कार गर्ने र कुनै पनि उमेदवारलाई भोट नदिने निर्णय बहुमतबाट पारित गरिएको जानकारी गराइन्छ,” विज्ञप्तिमा भनिएको छ, “साथै यदी माग सम्बोधनका लागि वार्ता गर्ने अवस्था आएमा जिल्ला स्तरका कुनै पनि कांग्रेसका नेताहरुसँग वार्ता नगरी स्वयम् प्रधानमन्त्री शेरबहादुर देउवासँगमात्रै वार्ता गर्ने कुरा जानकारी गराइन्छ ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>