Breaking News
अनिश्चितकालका लागि बन्द भएको प्याराग्लाइडिङ उडान सञ्चालनमा, तर के छन् ५ सर्त ?

पोखरा, कात्तिक ५-
प्याराग्लाइडिङ उडान भोलीबाट पुनः सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाइडिङ उडानमा लगाएको प्रतिबन्ध खुला गरेको हो।
प्राधिकरणले नवौं राष्ट्रिय खेलकुदको क्रममा एक खेलाडी निसिम थापाको प्याराग्लाइडिङ दुर्घटनामा मृत्यु भएपछि निश्तिकालका लागि प्याराग्लाइडिङ उडान बन्द गराएको थियो ।
तर उडान भोलीबाट खुला गरे पनि सञ्चालनका लागि प्राधिकरणले ५ वटा सर्त राखेको छ।
जुन यस प्रकार छन्:
१. प्याराग्लाइडिङ उडानलाई थप नियमित सुरक्षित तथा व्यवस्थित बनाउन प्राधिकरणले व्यावसायिक रूपमा उडान गर्न उपलब्ध गराएको उडान क्षेत्रभित्र व्यवसायिक उडानबाहेक अन्य उडान गतिविधि गराउन पाइने छैन।
२. आगामी १५ दिनभित्र हवाइ खेलकुद संघ, नेपालबाट प्याराग्लाडिङ उडानको लाइसेन्स लिएका सबै पाइलटले प्राधिकरणले तोकेको मेडिकल लेभल(२ र मनोवैज्ञानिक अवस्थाको समेत परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ।
भ्कभधबकयातधबचष्अबलष्अ
३. व्यावसायिक उडानमा संलग्न पाइलटहरूले प्राधिकरणको स्वीकृतिमा एकै किसिमको पोसाक लगाउनुपर्ने र उक्त पोसाकमा कम्पनी एवं पाइलटको नाम स्पष्ट देखिनु पर्नेछ।
४. व्यावसायिक उडानमा प्रयोग हुने ग्लाइडरहरूको १५ दिन भित्रमा प्राधिकरणका ुएयर(वर्दिनेस इन्सपेक्टरु को रोहवरमा परीक्षण गराई योग्य ग्लाइडरहरूलाई मात्र व्यावसायिक उडान अनुमति दिने।
५. पाइलटको रिफ्रेसर एड्भान्स्ड ट्यान्डेम एस।आइ।भीु तथा आपतकालीन अवस्थामा ुट्यान्डेम रेस्क्युु उपयोग गर्ने प्रयोगात्मक तालिम वर्षको एकपटक गर्ने।
शनिबारबाट पुनः सञ्चालनमा आउने प्याराग्लाइडिङ उडानका लागि व्यवसायीहरूले यी सर्तहरू पालना गर्नुपर्ने प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।
गत असोज ३० गते पोखरामा, नवौं राष्ट्रिय खेलकुदको क्रकमा त्रिभुवन आर्मी क्लबका खेलाडी निसिम थापाको प्याराग्लाइडिङ अवतरणका क्रममा मृत्यु भएपछि प्राधिकरणले देशभरका प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको थियो।
घटनापछि प्याराग्लाइडिङ उडानलाई सुरक्षित र व्यवस्थित बनाउन प्राधिकरणले गत बुधबार उपमहानिर्देशक हंसराज पाण्डेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको थियो।
उक्त समितिले शुक्रबार नै छानबिन प्रतिवेदन बुझाएपछि प्राधिकरणले सर्तसहित देशभरका प्याराग्लाइडिङ उडानमा लागेको प्रतिबन्ध खुला गरेको हो।



























