चितवन विशेष

प्रेस चौतारीको चौतारी साँझमा झुमे दर्शक, सञ्चार क्षेत्रमा व्यक्तित्व पुरस्कृत

Banner

चितवन, कात्तिक ५–

प्रेस चौतारी चितवनले आफ्नो जग्गामा भवन बनाउन आर्थिक सहयोग जुटाउने उद्देश्यले चौतारी साँझको आयोजना गरेको छ । शुक्रबार वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा चौतारी साँझ कार्यक्रम सम्पन्न भएको हो । चौतारी साँझमा स्थानीय र राष्ट्रिय कलाकारहरुको प्रस्तुतीमा दर्शकले भरपुर मनोरञ्जन लिए । जनवादी गायक जीवन शर्मा र गायक बद्री पंगेनीको गितमा दर्शकहरु मज्जाले नाचे ।

प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले कार्तिक ४ गते आज भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा चौतारीको भवन निर्माण सहयोगार्थ चौतारी साँझ कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । कार्यक्रममा राष्ट्रिय कलाकारहरु जीवन शर्मा, बद्रि पंगेनी, एलिना चौहान, हास्य कलाकार राजा राजेन्द्र, कवि सुदेश सत्यालले आफ्नो प्रस्तुती दिए । साथै नारायणी कला मन्दिरको विषेश सांस्कृतिक प्रस्तुतीका साथैं, चितवनको पहिचान थारु नाच र देउसी भैलोको कार्यक्रम पनि गरिएको थियो ।

प्रभु हाउजिङ्ग तथा प्रोर्पटी डिर्लस प्रालि तथा व्यवसायी तेजबहादुर कार्की(केशव) ले प्रेस चौतारी चितवनलाई भवन निर्माणका लागि भन्दै भरतपुर ११ बसेनीमा पौने नौ धुर जग्गा उपलब्ध गराएका थिए । प्रेस चौतारीको आफ्नो नाममा जग्गा नेपालमा चितवन बाहेक कहि पनि नभएकोले आफ्नै स्वामित्वमा रहेको जग्गामा भवन बनाउन लागिएको प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले बताए । चौतारी साँझमा प्रवेशका लागि एक हजार, दुई हजार पाँच सय र पाँच हजारको टिकट राखिएको थियो । चौतारीको भवन साढे ३ तला बन्नेछ ।

चौतारी साँझको अवसरमा प्रेस चौतारी चितवनले नारायणी अनलाईनका सम्पादक कृष्ण आचार्य र प्राइम टाइम्स टेलिभिजनको चितवन संवाददाता रविना पौडेललाई पुरस्कृत गरेको छ । उनीहरुलाई जनही १० हजार रुपैयाँ राशीको जोखिम पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको पण्डितले बताए । उक्त पुरस्कारका लागि एनआरएनए जापानका राष्ट्रिय कमिटीका पूर्वसचिव, प्रवासी नेपाली मञ्च पूर्वी एशिया महादेशीय कमिटीका अध्यक्ष एवम् चितवन समाज जापानका पूर्व अध्यक्ष डा.सरोज कँडेलले पुरस्कारको संयोजन गरेका हुन् ।

११ हजार १११ राशीको स्वर्गीय पत्रकार द्वारिका नेपाल स्मृति पुरस्कारबाट सप्तगण्डकी बहुमुखी क्याम्पसका आमसञ्चारक तथा पत्रकारिता विषयका प्राध्यापक मधुसुदन दवाडी पुरस्कृत भएका छन् । चितवनमा पत्रकारिता विषय लिएर कक्षा १२ मा उत्कृष्ट अंक ल्याइ उत्तिर्ण भएका रौतहटका हैदल अली शाहलाई १० हजार रुपैयाँ राशीको शिक्षा पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ । साथै प्रेस चौतारी चितवनका संस्थापक रामबाबु सुवेदी, सञ्चारकर्मी मनोज पन्त, कोमलचन्द्र भगत, मनोज घिमिरे, सञ्चार उद्यमी सहन प्रधानलगायतलाई चौतारीले सम्मान गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>