Breaking News

धेरै लोभलालच नगरी नयाँ पुस्तालाई अवसर दिन पूर्वप्रधानमन्त्री भट्टराईको आग्रह

Banner

काठमाडौँ, कात्तिक ३-

पूर्वप्रधानमन्त्रीलाई लर्को लागाएर संसद नजान नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आग्रह गरेका छन् ।

शुक्रबार राजधानीमा भएको सत्तागठबन्धनको चियापान तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै बाबुरामले नयाँ पुस्तालाई अवसर दिनु पर्ने बताउदै । पुराना पुस्तालाई धेरै लोभलालच नगर्न बताउँदै पूर्वप्रधानमन्त्री भइसकेका नेताहरु फेरि लर्कोलगाएर संसदमा जान जरुरी नभएको बताएका हुन् ।

उनले भने,‘पदमा बसेर मात्रै पदै सबै थोक हो भनेर मान्छे महान हुँदैन । देश र जनताको लागि त्याग र बलिदान गर्न पनि सक्नुपर्छ । त्याग र बलिदान गर्ने व्यक्तिको नै इतिहासले मुल्याङकन गर्छ । हाम्रो पुस्ताले बढी लोभलालच गर्नुहुँदैन । सबैले छोड्न त भएन अर्को पुस्तालाई हस्तान्तरण गर्न पनि केही समय लाग्छ । पाँच छ जना पूर्वप्रधानमन्त्री भइसकेको साथीहरु अब हामीले फेरि त्यहाँ लर्को लागेर संसदमा गइराख्न हुँदैन । अब हामीले नयाँ पुस्तालाई विस्तारै अगाडि ल्याउनुपर्छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>