चितवन विशेष

पाहुना नेताका कारण चितवन-३ तालिम केन्द्र बन्योः विक्रम पाण्डे

Banner

चितवन,कात्तिक ३-

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष तथा चितवन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विक्रम पाण्डेले पाहुना नेताका कारण चितवन ३ तालिम केन्द्र जस्तो बनेको बताउनु भएको छ । भरतपुर १७ र १९ मा भएको चुनावी घरदैलोका क्रममा नेता पाण्डेले बिगतका नेताले चितवन छाडेर गएको प्रसंग कोट्याउँदै यसपटक त्यस्ता व्यक्तिलाई जनताले नै मूूल्यांकन गर्नुपर्ने बताउनुभयो । ‘आजभोलि मलाई चितवन-३ त तालिम केन्द्रजस्तो पो लाग्न थाल्या छ,’ उनले भने, ‘जो पनि आउँछन्, जान्छन् । जनतालाई क्यै न क्यै ।’

जनताले विकासप्रेमी नेताको आवश्यकता महसुस गरेपछि कतिपय ठूला दलले उमेदवार नै नपाएको उनले बताए । ‘जितेर गएकाले काम नगरेपछि पार्टीभित्र उमेदवारकै खडेरी परेको छ । र, आज आफ्नै उमेदवार नहुँदा अर्काको उमेदवारलाई सघाउन बाध्य भएका छन्,’ उनले भने, ‘त्यसैले चितवनका जनताले कुुनै पनि नेताबाट ठूलो अपेक्षा गरेका छैनन् ।’ ठूला दल र सत्तामा पुगेका नेताले नेपाललाई पनि सिक्किमको अवस्थामा पुु¥याउन खोजेको भन्दै त्यसलाई बचाउनुु आवश्यक रहेको उनको भनाइ छ । ‘नेपाललाई विदेशीहरूको हातमा सुम्पिनुुबाट बचाउनुुपर्छ । किनकि देशका ठूला दल र नेताबाट ठूलाठूला राष्ट्रघाती काम भइरहेका छन् ।’ नेताहरू विदेशीको इशारामा चल्न थाल्दा त्यसबाट जनताले दुःख पाइरहेको उनले बताए । ‘चितवनलाई विकासको केन्द्रमा पुु¥याउनको लागि कृषि क्षेत्रमा काम गरे मात्रै पुग्छ,’ उनले भने, ‘कृषिलाई आधुनिकीकरण गरेर त्यसलाई निर्यात गर्न सकियो भने देशको अर्थतन्त्रमा ठूलो टेवा पुुग्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>