कृषि

कृषि ज्ञान केन्द्र चितवनको बजेट २१ करोड ८९ लाख, निर्वाहमुखी कृषि गर्ने किसान ७८ प्रतिशत

Banner

चितवन, कात्तिक ३–

कृषि ज्ञान केन्द्र चितवनका अनुसार चितवनमा एक लाख आठ हजार ५६७ किसान छन् । तीमध्ये ८४ हजार ८३३ जना अर्थात् ७८.१३ प्रतिशत किसानले निर्वाहमुखी कृषि पेशा गर्छन् भने एक हजार ४४६ किसानले मात्रै व्यावसायीक कृषि गरेको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डे बताउँछन् ।

जिल्लाका ८६ हजार २७९ जना अर्थात् ७९.५ प्रतिशत किसानले कृषि बिमा गरेकै छैनन् । कृषि बिमा गरेका २२ हजार ६८६ किसानमध्ये सबैभन्दा धेरै पशुपंक्षी उत्पादन गर्ने किसान १८.७ प्रतिशत अर्थात् २० हजार ३४५ जना छन् ।

कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले बुधबार चालु आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रममा परेका योजनाहरु सार्वजनिक गरेका छन् । उनका अनुसार ज्ञान केन्द्रलाई चालु आवको लागि कृषि विभाग, प्रदेश सरकार र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट गरी एकमुष्ट २१ करोड ८९ लाख चार हजार रुपैयाँ विनियोजन भएको छ ।

गत आवमा २२ करोड ५९ लाख ९२ हजार रुपैयाँ विनियोजन भएकामा ६६।२१ प्रतिशत बजेट खर्च भएको थियो । प्रदेश सरकारले ४४ लाख ५० हजार रुपैयाँ पुंजीगत र १६ करोड दुई लाख ७९ हजार चालु गरी जम्मा १६ करोड ४७ लाख २९ हजार रुपैयाँ विनियोजन गरेको छ ।
कृषि विभागले चार करोड ४९ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ ।

राष्ट्रिय खाद्य सुरक्षा मिसनअन्तर्गत धानबाली प्रबद्र्धन कार्यक्रम र दलहन बाली प्रबद्र्धन कार्यक्रमका लागि गरी दुई करोड ५० लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । रैथाने बाली प्रबद्र्धन कार्यक्रमका लागि एक करोड २० लाख, प्रांगारिक कृषि प्रबद्र्धन कार्यक्रमका लागि २९ लाख र वीउ विजन उत्पादन, आपूर्ती तथा व्यवस्थापनका लागि ५० लाख रुपैयाँ विनियोजन भएको उनले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चालुतर्फ ९२ लाख २५ हजार रुपैयाँ विनियोजन गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>