स्वास्थ्य
दुई सय भन्दा बढी सिंगुसले टोक्दा एकको मृत्यु, ६ घाइते
०

तनहुँ, कात्तिक २-
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ तालघरे नजिक सिंगुसले चिल्दा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता युवराज खड़काका अनुसार व्यास नगरपालिका–११ निवासी ६७ वर्षीय गंगाप्रसाद सुवेदीको मृत्यु भएको हो ।
शरीरभरि सिंगुसले टोकेर घाइते भएका सुवेदीको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उनलाई दुई सय भन्दा बढी सिंगुसले टोकेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
त्यस्तै सिमलको रुखमा रहेको सिंगुसले चिल्दा अरु ६ जना घाइते भएका छन् र उनीहरुको दमौली अस्पतालमा उपचार भैरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























