मनोरञ्जन

समलिङ्गी प्रेम कथामा निर्माण फिल्म ‘मारुनी’ लाई उत्कृष्ट फिल्मको अवार्ड

Banner

काठमाडौँ, असोज ३१-

निर्मात्री पुनम गौतमले दोश्रो पटक फिल्म ‘मारुनी’ बाट अवार्ड थापेकी छिन् । अमेरिकाको कोलोराडोमा आयोजना भएको ‘पाँचौ एभरेष्ट नेपाली फिल्म अवार्ड ’मा पुनम निर्मित फिल्म ‘मारुनी’ ले उत्कृष्ट अवार्ड प्राप्त गरेको हो ।

अवार्ड थाप्नका लागि पुनम पनि अमेरिका पुगेकी थिइन् । यो फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् । समलिङ्गी प्रेम कथामा निर्माण भएको यो फिल्ममा पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>