Breaking News

आज बस्ने गठबन्धन बैठकमा बागी उम्मेदवार दिएर फिर्ता नलिएकालाई छानविन गरी कारवाही गर्ने

Banner

काठमाडौँ, असोज ३१-

बागी उम्मेदवारबारे छलफल गर्न गठबन्धनको बैठक सोमबार दिउँसो बोलाइएको छ । नेकपा एकीकृत समाजवादीका महासचिव डा। बेदुराम भुसालका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाइएको हो ।

उनका अनुसार प्रतिनिधि र प्रदेश सभामा गठबन्धन भएका क्षेत्रमा गठबन्धन दलका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई फिर्ता गर्न निर्देशन दिएपनि कतिपयले फिर्ता नलिएकाले उनीहरुलाई कस्तो कारवाही गर्ने भन्नेबारे छलफल हुनेछ ।

‘बागी उम्मेदवारी दिएकाहरुले कसले फिर्ता गरे र कसले गरेनन् भन्नेमा छलफल हुन्छ र फिर्ता नगर्नेलाई कारवाही आआफ्नो पार्टीले कडा कारवाही गर्नुपर्ने हुन्छ, त्यही विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो’, भुसालले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>