Breaking News

रुपन्देही २ मा राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको आदेश

Banner

काठमाडौँ, असोज ३०–

अन्ततः रुपन्देही–२ का नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज नहुने भएको छ ।

सर्वोच्च अदालतले आज गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

आइतबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिँदै अन्तरिम आदेशका लागि दुबै पक्षलाई २ कात्तिकमा छलफलमा बोलाएको छ ।

त्यस्तै सर्वोच्चले निर्वाचन आयोगलगायतका विपक्षीसँग गुरुङको उम्मेदवारी खारेज गर्नुको कारणसमेत माग गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>