Breaking News
सत्यमोहनको इच्छा अनुसार शरीर नजलाइ अध्ययनका लागि राखिने
०

काठमाडौँ, असोज ३०
शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर नजलाइने भएको छ । उनको शरीर नजलाई नगल्ने केमिकल प्रयोग गरेर किष्ट मेडिकल कलेजमै अध्ययनका लागि राखिने भएको हो ।
निःशुल्क उपचार गर्दै आएको किष्ट मेडिकल कलेजका प्रोफेसर डाक्टर किशोर सिंह बस्नेतका अनुसार उनको आज बिहान ७ बजेर ९ मिनेटमा उनको निधन भएको थियो । त्यस्तै सत्यमोहनले मृत्युपछि आफ्नो शरीर किष्ट मेडिकल कलेजलाई अध्ययनका लागि शरीर दान गर्ने घोषणा पहिल्यै गरेकाले उनकै इच्छा अनुसार हुने ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बताए ।
तर आज उनको पार्थिव शरीररलाई अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका परिसरमा राखिने छ । त्यसपछि शरीरमा नगल्ने केमिकल प्रयोग गरेर अध्ययनका लागि राखिने भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























