Breaking News

शताब्दी पुरूष सत्यमोहन जोशीको निधन

Banner

काठमाडौँ, असोज ३०–

शताब्दी पुरूष सत्यमोहन जोशीको आज (आइतबार) निधन भएको छ।

उहाँको बिहान ७ बजेर ९ मिनेटमा उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। जोशीको निधनबारे उहाँ निकट पत्रकार गिरीश गिरिले ट्विट गर्दै निधनको पुष्टि गर्नुभएको छ । ‘सत्यमोहन सर रहनुभएन। अहिले विहान ७ बजेर ९ मिनेटमा हामीबाट विदा हुनुभयो’उहाँको ट्वीटमा लेखिएको छ ।

२४ दिनअघि अस्पतालमा भर्ना हुनुभएका १०३ वर्षीय वाङ्गमय शताब्दी पुरूष सत्यमोहन जोशीको आइसियूमै राखेर उपचार भइरहेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>