मनोरञ्जन

नेपाल-युरोपियन युनियन चलचित्र महोत्सव: ‘ऐना झ्यालको पुतली’सँगै तीन नेपाली चलचित्र प्रदर्शन हुने

Banner

काठमाडौं, असोज २९

नेपाल-युरोपेली युनियन चलचित्र महोत्सवको ११औँ संस्करण ११ देखि १५ कात्तिकसम्म हुने भएको छ । नेपालका लागि युरोपेली युनियनको डेलिगेसन कार्यालयले पत्रकार सम्मेलन गर्दै यो संस्करण काठमाडौंसँगै काठमाडौँबाहिर पनि आयोजना हुने जनाएको छ ।

महोत्सवमा १३ युरोपेली र तीन नेपाली चलचित्र प्रर्दशन हुने छन् । प्रत्यक्ष र अनलाइनमार्फत चल्ने महोत्सव भौतिक रुपमा चलचित्र विकास बोर्डमा हुनेछ भने २८ अक्टोबरदेखि २८ नोभेम्बरसम्म अनलाइनमा चल्नेछ । सुर्खेतमा हुने महोत्सव १९ देखि २२ कार्तिकसम्म मध्यपश्चिम विश्वविद्यालयमा गरिने छ । सुर्खेतमा पाँच युरोपियन र तीन नेपाली चलचित्र प्रदर्शन गरिने छन् ।

‘दुई वर्षको अन्तरालपछि सिनेमा हलमा फेरि जान पाउनु र युरोपका १३ उत्कृष्ट चलचित्रका साथै तीन नेपाली चलचित्र प्रस्तुत गर्न पाउँदा धेरै उत्साहित छौँ । सिनेमा साँस्कृतिक र बौद्धिक जीवनको अग्रभागमा रहन्छ र साँस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्न र हाम्रो जीवनलाई प्रभावित पार्ने सवालहरूलाई हामी कसरी हेर्छौं भन्ने हाम्रो बुझाइलाई सम्वृद्ध बनाउन सिनेमा प्रभावकारी माध्यम हो्,’ नेपालस्थित युरोपेली युनियनको डेलिगेसनकी कार्यवाहक प्रमुख जोयेले हिभोनेटले भनिन् ।

१३ युरोपियन चलचित्रमध्ये रिता हुतानेनले निर्देशन गरेको ‘गड्स् अफ मोलेन्बेक’, लोरेन्ट मिचेली र ओस्कार ले निर्देशन गरेको ‘लोला’ र आराश टी। रिहाहीले निर्देशन गरेको ‘अस्कर एण्ड लिली’मा नेपाली सब्टाईटल हुने छन् ।

महोत्सवमा ‘ऐना झ्यालको पुतली’सहित किरण श्रेष्ठले निर्देशन गरेको ‘येट अनदर विन्टर’ र विशाल रोक्का मगरले निर्देशन गरेको ‘गोर्खा गल्र्स्’ देखाइने छ ।

महोत्सवको सद्भावना दूत नायिका केकी अधिकारी हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>