Breaking News

१५ सय मिटर पुरूष एथलेटिक्सः सेकेण्डको फरकमा जिते आर्मीका मुकेशले स्वर्ण

Banner

पोखरा, असोज २९-

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको पुरूषतर्फ १५ सय मिटरमा दौडमा आर्मीका मुकेश पलले स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशाला र्ट्याकमा शनिबार भएको दौडमा मुकेसले विभागीय प्रतिद्वन्दी एपीएफका अजित यादवलाई पछि पार्दै स्वर्ण जितेका हुन् । मुकेशले निर्धारित दुरी ३ मिनेट ५२.२१ सेकेन्डमा पूरा गरे ।

रजत पदक विजेता एपीएफका अजितले ३मिनेट ५३.११सेकेण्डमा निर्धारित दुरि पूरा गरे। त्यस्तै पुलिसका नागेश्वर अघरि ३ मिनेट ५६.५ सेकेण्डमा निर्धारित दुरी पूरा गर्दै कास्य जित्न सफल भए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>