चितवन विशेष

दिवा स्याहार केन्द्रमा तीन महिने निःशुल्क फिजियोथेरापी सकियो

Banner

चितवन, असोज २८–

चितवनको भरतपुर महानगरपालिका–२६, स्थित ज्योतिनगरमा रहेको दिवा स्याहार केन्द्रमा संचालित तीन दिने निःशुल्क फिजियोथेरापी कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । ‘तिमीसँग आन्विका अभियान’ अन्तर्गत विश्व मस्तिष्क पक्षाघात दिवस, २०२२ को अवसरमा तीन महिने निःशुल्क फिजियोथेरापी आयोजना गरेको थियो ।

समापन कार्यक्रमको प्रमुख अतिथि भरतपुर वडा नं.२६ का वडाध्यक्ष ज्ञानप्रसाद खनाल प्रमुख अतिथि रहेका थिए भने विशिष्ट अतिथिमा अनिल जयासवाल तथा पुष्पाञ्जली हस्पिटलका फिजियोथेरापिष्ट मदन प्रसाद घिमिरे रहेका थिए । यस अभियानमा केन्द्रका मस्तिष्क पक्षघात भएका १२ जना बाबालबालिकाहरुले सेवा प्राप्त गरेका थिए ।

कार्यक्रममा सहयोगी भूमिका निर्वाह गरेका ‘तिमीसँग आन्विका अभियान’का अभियान्त नरेश कुमार प्रधानलाई विशेष धन्यवाद दिईएको छ । यस कार्यक्रमलाई आगामि दिनमा निरन्तरता दिईने संस्थाका अध्यक्ष लक्ष्मीकान्त घिमिरेले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>