Breaking News

२३ गते सिरहाबाट अपहरणमा परेका एक किशोरको विराटनगरमा हत्या, तीन जना प्रकाउ

Banner

सिरहा, असोज २८-

सिरहाबाट अपहरणमा परेका एक किशोरको विराटनगरमा हत्या भएको खुलेको छ । सिरहाको गोलबजार नगरपालिका-३ का १७ वर्षीय अंशु सदालाई विराटनगर ल्याएर हत्या गरिएको खुलेको हो।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीका अनुसार उनको शव शुक्रबार दिउँसो १ः३० बजेतिर विराटनगर महानगरपालिका-११ बसपार्कस्थित न्यू अप्सरा गेष्ट हाउसको १ नम्बर कोठामा फेला परेको थियो। असोज २३ गतेदेखि हराइरहेका सदाको खोजतलासका लागि परिवारका सदस्यले बिहीबार इलाका प्रहरी कार्यालय गोलबजारमा निवेदन दिएका थिए।

नाकबाट रगत बगिरहेको अवस्थामा शव भेटिएको र टाउको लगायत शरीरका विभिन्न भागमा चोट रहेको अवस्थामा शव भेटिएको थियो । त्यस्तै हत्या गरिएको कोठाभित्र रगत लतपतिएको कपडाहरू फेला परेको छ र शव सेतो तन्नामा पोको पारेर कोठाको लो-बेड (पलङ) मुनि हालिदिएको पाइएको प्रहरीले जनाएको छ।

सदाको अपहरण तथा हत्यामा संलग्न धनुषाको कमला नगरपालिका-६ का १९ वर्षीय प्रशान्तकुमार मण्डल, राकेश ठाकुर र मोरङको रतुवामाई नगरपालिका(५ का ३६ वर्षीय मनोज कार्की गरी तीन जनालाई प्रहरीले प्रकाउ गरेको छ ।

त्यस्तै उनीहरूलाई पक्राउ गरिएपछि सदाको हत्या भएको खुलेको र आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको प्रहरीले जनाएको छ। स्रोतः अन्नपूर्ण

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>