Breaking News

अस्ट्रेलिया, अमेरिकामा मखमली निर्यात गर्ने नेपाल सयपत्रीमा आत्मनिर्भर नबन्दा तीन लाख सयपत्री माला भारतबाट आयात

Banner

काठमाडौँ, असोज २८-

विगतमा जस्तै यस वर्षपनि तिहार पर्व नजिएसँगै मखमली फूल निर्यात र सयपत्री फूलको आयात सुरु हुन थालेको छ । नेपालबाट हरेक वर्ष मखमली फूल अस्ट्रेलिया, अमेरिका, जापान लगायतका देशमा निर्यात हुँदै आएको छ । र यसवर्ष पनि ६० लाख रुपैयाँ बराबरको मखमली फूल निर्यात हुने अनुमान गरिएको हो ।

त्यस्तै विभिन्न मुलुकमा नेपालले मखमली फूल निर्यात गरेपनि सयपत्री फूल नेपाल अझै आत्मनिर्भर बन्न सकेको छैन । तर आत्मनिर्भर बन्न विभिन्न कार्यक्रम भएपनि सयपत्री फूलमा आत्मनिर्भर नबन्दा यसवर्ष तिहारका लागि भारतबाट १ करोड ५० लाख रुपैयाँ बराबरको तीन लाख सयपत्रीका माला आयात हुने भएको छ ।

नेपालमा वार्षिक कारोबारको ५० प्रतिशत फूल तिहारमा खपत हुने गर्छ । तर जनशक्ति, मल, बिउ नपाउँदा नेपाल सयपत्री फुलमा आत्मनिर्भर बन्न नसकेको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>